२०८२ फाल्गुन ८ गते शुक्रवार

पाकिस्तानमा मस्जिद विस्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु

फोटो फाईल

काठमाडौ, २३ माघ । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । आज प्रार्थनाको समयमा एक मस्जिदमा भएको विस्फोटमा १ सय ६० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

जिल्ला प्रशासनका प्रवक्ताकाअनुसार शहरका तीन वटा अस्पतालमा आपत्काल घोषणा गरिएको छ भने घाइतेहरूको उपचारको अनुगमन गर्न विभिन्न अस्पतालहरूमा सहायक आयुक्तहरू खटाइएको छ । गृहमन्त्री मोहसिन नक्वीको निर्देशनमा गृह राज्यमन्त्री तलाल चौधरीले इस्लामाबादको पिम्स अस्पतालमा पुगेर घाइतेहरूलाई भेट्नुभएको खबरमा उल्लेख छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले विस्फोटको निन्दा गर्नुभएको छ । उहाँले विस्फोटमा ज्यान गुमाएकाप्रति दुःख र पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।यसअघि गएको नोभेम्बर ११ मा इस्लामाबादमा भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रवार
प्रतिक्रिया