फोटो फाईल
काठमाडौ, २३ माघ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने भएको छ ।सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
बैठकले घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो ।बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर फर्किने क्रममा पुर्चौडीको बडगाउँ मोडमा सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस हिजो बेलुका दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।पुर्चौडी नगरपालिकाले आज शोक बिदासमेत दिएको थियो । दुर्घटनामा घाइते भएका ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रवार



