कक्षा ८ मा अध्ययनरत विद्यार्थी स्कुल हाताभित्रै मृत फेला

काठमाडौं १८

रानीबारीस्थित नेपाल प्रहरीले सञ्चालन गर्दै आएको स्कुल कक्षा ८ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी स्कुल हाताभित्रै मृत फेला परेका छन् ।कक्षा ८ को परीक्षा दिएर घरमै बसेका कुन्दन थापाको शव विद्यालय हातामा भेटिएको हो । कक्षा ७ मा पढ्ने एक बालिकासँग फेसबुकको म्यासेज बक्समा विभिन्न अश्लील तस्बिर पोस्ट गरेको विषयलाई लिएर उनले स्कुलको माथिल्लो तलाबाट हामफालेर आत्महत्या गरेको स्कुल प्रशासनले दाबीगरेको छ ।थापाले बालिकाको फेसबुक आईडी बनाएर म्यासेज बक्समा विभिन्न अश्लील तस्बिर पोस्ट गरेको  विषयमा स्कुल प्रशासनसमक्ष बालिकाका अभिभावकले उजुरी गरेका थिए ।

सोही विषयमा थापालाई बोलाएर सोधपुछ गरेको प्रशासनले जनाएको छ । मृत्युको विषयलाई लिएर बिहीबार दिउ“सो स्कुल प्रशासन र मृतकका आफन्तबीच छलफलसमेत भएको थियो । आफन्तले स्कुल प्रशासनको कमजोरीका कारण थापाको मृत्यु भएको बताएका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रकाशित मिति : २०७३ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया