२०८३ बैशाख ११ गते शुक्रवार

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

सल्यान, १९ माघ ।  सल्यानको शारदा नगरपालिका–२ खलंगामा सोमबार दिउँसो अटो दुर्घटना हुँदा १० जना घाइते भएका भएका छन् । श्रीनगरबाट खलंगाबजारतर्फ जाँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई करिब ५०० मिटर तल खसेपछि अटोमा सवार ११ जनामध्ये १० जना घाइते भएका छन्।

दुर्घटना दिउँसो करिब २ बजेको समयमा भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइतेमध्ये ७८ वर्षीय वृद्ध टरबहादुर रेउले र ३ वर्षीया बालिका सृष्टि बि.क.को अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूको अवस्था भने मध्यम र सामान्य रहेको जनाइएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक पूर्ण बहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको प्रहरी टोलीले तत्काल घटनास्थलमा पुगेर उद्धार गरेको थियो। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ।

अटो चालक शारदा नगरपालिका–६ निवासी २५ वर्षीय अर्जुन डाँगी भने दुर्घटनामा परेनन्। प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण

  • गम्भीर:
    टरबहादुर रेउले (७८), सिद्दकुमाख–१
    सृष्टि बि.क. (३), बनगाड कुपिण्डे–९

  • मध्यम:
    दीपक बि.क. (३५), सिद्दकुमाख–२
    रेशमबहादुर नेपाली (१९), शारदा–११
    दीपक बि.क. (७), बनगाड कुपिण्डे–९

  • सामान्य:
    संगीता बि.क. (२३), बनगाड कुपिण्डे–९
    कृष्णा बुढाथोकी (२३), दाङ बबई–६
    स्मृति बुढाथोकी (३), दाङ बबई–६
    धनि सुनार (३८), सिद्दकुमाख–२
    पुष्पा सुनार (३९), सिद्दकुमाख–२

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमवार
प्रतिक्रिया