२०८३ बैशाख ११ गते शुक्रवार

एक महिनामा सवारी दुर्घटनाबाट २ सय ३८ जनाको मृत्यु,छ सय बढि घाईते

फोटो फाईल

काठमाडौ, १५ माघ ।देशभर वितेको एक महिनाको अवधीमा सवारी दुर्घटनामा परेर दुई सय भन्दा बढि नागरिकको मृत्यु भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत पुस महिनामा देशका विभिन्न ठाउँमा ४ हजार ५ सय ४९ वटा सवारी दुर्घटना हुँदा २ सय ३८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १ सय ९२ जना पुरुष, ३१ जना महिला, १५ जना बालबालिका छन् ।

पुसमा सवारी दुर्घटनामा ६ सय ६३ जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५३ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।पुस महिनामा सबैभन्दा धेरै २ हजार ३ सय ८२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ७ सय ३६, बस १ सय ८०, टेम्पो २ सय ४७ वटा दुर्घटनामा परेका छन् । २ सय ८८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालकको असक्षमता, यात्रुले हतारमा बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।ट्राफिक प्रहरीले पुस महिनामा ८८ हजार ९ सय ६९ जना चालकलाई कारबाही गरेर ८ करोड ४ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार
प्रतिक्रिया