२०८३ कार्तिक ८ गते शनिवार

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

फोटो फाईल

काठमाडौ, १४ माघ । विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज(बुधवार) बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्री पवारका साथै चार जना सुरक्षाकर्मी र चालकसमेत गरी ६ जना थिए । पवार जिल्ला परिषद् चुनावका लागि सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । थप विवरण आउन बाँकि रहेको छ ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।