२०८२ फाल्गुन १ गते शुक्रवार

एमालेले पठायो साढे छ लाख बढि कार्यकर्तालाई चिठी

फोटो फाईल

काठमाडौ, ११ माघ ।नेकपा एमालेले ६ लाख ६७ हजारभन्दा बढी जनालाई एकै कुरा लेखेको चिठी पठाएको छ। एमालेले पार्टीका संगठित सदस्यहरू ६ लाख ६७ हजार जनाभन्दा बढीलाई चिठी पठाएको हो।

पहिले संगठित सदस्य रहेका र अहिले नवीकरण नगरेका सदस्यहरूलाई पनि चिठी पुगेको छ। आफूलाई चिठी आएको भन्दै केहीले सामाजिक सञ्जालमा पनि पोस्ट गर्न थालेका छन्।एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित एकै कुरा लेखेको चिठी सदस्यहरूलाई पठाएको हो।

अध्यक्ष ओलीले निर्वाचनलक्षित चिठी सदस्यहरूलाई पठाएका हुन्। आगामी फागुन २१ गने हुने प्रतनिधि सभा सदस्य निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हारजितको फैसला गर्नेु कुरा उल्लेख गर्दै अध्यक्ष ओलीको हस्ताक्षरसहित चिठी सदस्यहरूलाई पठाइएको छ।अध्यक्ष ओलीले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ । यसअघि ओलीको हस्ताक्षरसहित यस्तै कुरा लेखेको चिठी केन्द्रीय सदस्यहरूलाई पनि पठाइएको एमालेको भनाइ छ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया