२०८३ भाद्र १२ गते शुक्रवार

अफगानिस्तानमा भारी हिमपात र वर्षाका कारण ६१ जनाको मृत्यु

फोटो फाईल

काठमाडौ, ११ माघ । अफगानिस्तानमा बुधवार र बिहीवार भएको ठूलो हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको छ। आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

समाचार संस्था एएफपीका अनुसार प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या १ सय १० जना भन्दा धेरै रहेको देखाएको छ । विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रमा ठूलो हिमपात र चिसोको सामना गर्नुपरेको छ ।जसका कारण राजधानी काबुल र कैयौँ प्रान्तहरूबीचको महत्त्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया