२०८३ बैशाख ११ गते शुक्रवार

परिणाम देखिने काम गर्नुस् : मेयर खड्का 

तुलसीपुर, ९ माघ । तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले परिणाम देखिने गरि काम गर्न शिक्षकहरूलाई निर्देशन दिनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको पाँच दिने शिक्षक प्रशिक्षण कार्यक्रमको समापन अवसरमा बोल्दै उहाँले शिक्षामा गरिएको लगानी अनुसार परिणाम नदेखिएको भन्दै यस्तो बताउनु भएको हो ।

शिक्षकको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकार लगानी गर्न तयार रहेको बताउँदै प्रशिक्षणमा सिकेका कुरालाई विद्यार्थीसम्म पु¥याएमा मात्रै त्यसको सार्थकता रहने मेयर खड्काले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका समाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा शिक्षा तथा खेलकुद शाखा अधिकृत चक्र भण्डारी, प्रशिक्षक दिपेन्द्र भट्ट लगायतले बोल्नु भएको थियो । तालिमको सहजीकरण शिक्षा अधिकृत मन बहादुर खड्का र मदन देवकोटाले गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार
प्रतिक्रिया