२०८३ बैशाख ११ गते शुक्रवार

वक्तृत्वकला प्रतियोगितामा ज्ञानमालाकी अदिति केसी प्रथम

दाङ, ६ माघ– नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले आज घोराहीमा आयोजना गरेको मावी स्तरीय वक्तृत्वकला प्रतियोगीतामा घोराही–१६, सर्रास्थित ज्ञानमाला एकेडेमीकी कक्षा १० की छात्रा अदिति केसी प्रथम भएकी छिन् । संघका संस्थापक खगेन्द्र बहादुर बस्नेतको ९८ औं जन्म जयन्तीका अवसरमा आयोजित ‘नेपालमा अपांगताको अबस्था र सरोकारवालाको भूमीका’ बिषयक वक्तृत्वकला प्रतियोगितामा गोर्खा मावि घोराहीकी कक्षा ११ की छात्रा सुप्रिया शर्मा दोस्रो भएकी छिन् ।

यसैगरी माउण्टभ्यू बोर्डिङ स्कुल घोराहीकी छात्रा सलिना पौडेल तेस्रो र गुरुकुल एकेडेमी घोराहीकी छात्रा यशु बुढाथोकी सान्त्वना भएका छन् । प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वनालाई १ हजार नगद् तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

संघका सभापति रुपा वलीको अध्यक्षता र घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा घोराही १४ का वडाध्यक्ष भानसिं बुढाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघकी सदस्य पार्वती रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण उपसभापति निशान्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया