फोटो फाईल
जनकपुर,४ माघ । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण गएको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिनुभयो ।‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी एक जना बच्चासहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका १२ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारे विस्तृत थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार


















