२०८२ फाल्गुन १ गते शुक्रवार

बाघको आक्रमणमा परी सुर्खेत र सल्यानमा तीन जनाको मृत्यु

फोटो फाईल

दाङ,१ माघ । पाटेबाघको आक्रमणमा परि सुर्खेत र सल्यानमा गरि तीन जनाको मृत्यु भएको छ ।गएको पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर ५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारु, पुस २६ गते सोहि क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ७ की धनसरी रावत र पुस २९ गते कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो ।

सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेको उहाँको भनाइ छ । बाघले दुई वटा घरपालुवा गाईगोरु पनि मारेको छ ।

 

प्रकाशित मिति : २०८२ माघ १ गते बिहिवार
प्रतिक्रिया