२०८२ माघ १ गते बिहिवार

एमालेले प्रज्ञा भवनबाट चुनावी अभियान सुरु गर्ने

फोटो फाईल

काठमाडौ, माघ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी यहि ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।

बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा आयोजना गरिएको र त्यहिबाट चुनावी अभियान थाल्ने जानकारी दिनुभयो । साथै बागमती प्रदेश कमिटी अन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा समेत गरिनेछ ।

अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।एमालेले काठमाडौ उपत्यकाका तीन जिल्ला बाहेकलाई बागमती प्रदेश कमिटीमा राखेको छ ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहिवार
प्रतिक्रिया