तुलसीपुर, १ माघ । प्रेस चौतारी नेपाल दाङले नेकपा एमालेको ११ औ महाधिबेशनबाट निर्वाचित केन्द्रिय महासचिव सहित केन्द्रिय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । घोराहीमा विहिवार एक कार्यक्रमको आयोजना गरी भरखरै सम्पन्न महाधिबेशनबाट शंकर पोख्रेल केन्द्रिय महासचिवमा निर्वाचित हुनु भएको थियो । दाङ निवासी पोख्रेल यस अघि पनि पाटीको महासचिवमा हुनुहुन्थ्यो ।
महाधिबेशनबाट उहा सहित पाटीको केन्द्रिय सदस्यहरुहरुमा निर्वाचित हुनु भएका नरुलाल चौधरी, सुजिता शाक्य, शान्ता चौधरी ,मेनका पोख्रेल,कोमल वली,घनस्याम पाण्डे, जिवन गौतम , सितासिग्देल न्यौपाने, साजिदा सिद्धिकि, लेखा आयोगका सदस्य रेवतीरमण शर्मा, अनुशासन आयोगका सदस्य छविलाल वली, निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीलाई बधाई ज्ञापन तथा स्वागत गरिएको हो ।
सो अबसरमा केन्द्रिय सदस्य तथा लुम्विनि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको पनि विशेष उपस्थिति रहेको थियो । साथै नेशनल भोलिन्टियर्सका केन्द्रिय सदस्य त्रिभुवन बर्तौलालाई पनि बधाई ज्ञापन गरिएको छ । प्रेस चौचारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो । उपाध्यक्ष विमल योगीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव निमुसंगम घर्तिले गर्नुभएको थियो ।



