काठमाडौं,३० पुस ।राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । उहाको बुधवार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको कपरेशन गरेर उपचाररत हुनुहुन्थ्यो ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्म भएको थियो। ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्दै आउनु भएका बोहराको निधन भएको हो ।
वि।सं। २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उनले राजनीतिक सुरु गर्नुभएका बोहरा कञ्चनपुर काँग्रेसको संस्थापक नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।
प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार



