२०८२ फाल्गुन १ गते शुक्रवार

माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको अध्यक्षमा रावत

तुलसीपुर, ११ पुस । माध्यामीक विद्यालय तुलसीपुर सेन्टर स्कुलको अध्यक्षमा सुरेश रावत सर्वसहमत चयन हुनुभएको छ । जसको सदस्यहरुमा दुजमान भण्डारी, सदस्य सचिव प्रधानाध्यापक भागवत पौडेल, भुपाल खनाल, सुशिला खडका, सरस्वती खनाल र नारायाण प्रसाद रजौरे चयन हुनु भएको छ ।

त्यसैगरी गुमान छन्त्यालको अध्यक्षतामा ११ सदस्य शिक्षक अभिभावक संघ गठन गरिएको छ । जसको सदस्यमा पुष्पा वली, पुजा वली, दिलकुमारी बस्नेत, लोक बहादुर बिसी, प्रेमकला केसी, हेमराज लामीछाने, अनिता पौडेल, दुर्गाराज लवज, रुद्ध बहादुर डाँगी र भागवत भपौडैल रहनु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमम तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी वर्षात, शिक्षा महाशाखा निमित्त प्रमुख मन बहादुर खडका, मावि सेन्टर स्कुलका प्रअ भागवत पौडेल लगायतेल बोल्नु भएको थियो ।

समिति गठन पछि बसेको बैठकले विद्यालयको शैक्षिक सुधारका लागि आगामीदिनमा सबै आआफ्नो तर्फबाट लाग्ने निर्णय गरेको छ । सो अवसरमा नर्सरी देखि कक्षा ५ सम्मका करिब १५ सय विद्यार्थीलाई साउन महिनादेखि मंसीर महिनासम्मको दैनिक २० रुपैयाँका दरले खाजावापतको खर्च उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया