तुलसीपुर, २८ मंसिर । दाङको तुलसीपुरमा घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर–६ गाइडहर निवासी तिलक मिजारकी ३ बर्षीया छोरी रेजिना मिजार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आज बिहान ११ बजेको समयमा आफ्नै घरको पानी ट्यांगीमा डुबेर बालिका गम्भिर घाइते भएका थिए । उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार





