२०८३ भाद्र १२ गते शुक्रवार

दाङमा बस दुर्घटना, २२ जना घाइते

दाङ, मंसिर २५ — दाङको लमही नगरपालिका–१ कौडियापुल नजिक पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन्। डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको यात्रुबाहक बस आज बिहान करिब ३ बजे आकस्मिक रूपमा ड्राइभर साइडको भाग भाँचिँदा पुलबाट खसेर खोलामा परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त लमही र इलाका प्रहरी कार्यालय नर्तिबाट टोली खटिएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी लमही अस्पतालमा उपचारका लागि पठाइएको हो। बस चालक ३६ वर्षीय राजेन्द्र कैनी प्रहरीको नियन्त्रणमा छन्।

दुर्घटनामा घाइते भएका २२ जनामध्ये सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। घाइतेहरूमा डडेल्धुरा, कैलाली, बैतडी, प्युठानसहित विभिन्न जिल्लाका यात्रुहरू छन्। घाइतेमध्ये सबैजना बिहान ७:१५ बजे उपचारपछि डिस्चार्ज भएका छन्।

घाइतेको विवरण

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया