काठमाडौँ, २३ मंसिर । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईँले माफी माग्नुभएको हो । मैले बाहिर भनेका कुरामा सरी भन्छु । माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो । उहाँले भन्नुभयो,’– दुर्गाको रूप धारण गरेर काम गर्नुहोस् । तपाईँको साथमा हामी छौँ । यो सरकारको पक्षमा हामी हुन्छौँ । सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ ।’ सो अवसरमा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्तिसमेत प्रदान गर्नुभएको छ ।।
प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार



