दाङ १५ मंसिर । समाजसेवी अभियानमा निरन्तर सक्रिय गुरुकुल एकेडेमी तुलसिपुरले भैलो कार्यक्रम–२०८२ बाट संकलित रकम प्रयोग गरी दाङको हरीपौरा स्थित श्री पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका विद्यार्थिहरूलाई न्यानो कपडा वितरण गरेको छ। विद्यालयले करिब १ लाख रुपैयाँ बराबरको न्यानो वस्त्र सहयोग स्वरूप प्रदान गरेको हो।
सहयोगअन्तर्गत कक्षा १ देखि ८ सम्मका ७० जना विद्यार्थीलाई तलमाथि ट्र्याकसुट, टोपी र स्विटरलगायतका न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभएको छ। चिसो मौसम नजिकिँदै गर्दा यस्तो सहयोगले विद्यार्थीहरूलाई स्वास्थ्य र पठनपाठन दुबैमा सहजता हुने विश्वास व्यक्त गरिएको छ।
सहयोग प्राप्त भएपछि श्री पशुपति माध्यमिक विद्यालय हरीपौरा दाङकी प्रधानाध्यापक राधा चौधरीले मन्तव्य राख्दै गुरुकुल एकेडेमीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। विपन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई पाठशालामा निरन्तर उपस्थिति र सिकाइ वातावरण सहज बनाउन गुरुकुलको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो। सहयोग कार्यक्रममा गुरुकुल एकेडेमीको तर्फबाट विद्यालय कप्तान दिपेक्षा बुढाथोकी, विद्यालय संयोजक चिन्तना धिताल, तथा प्रधानाध्यापक मुकुन्द गिरीले आ–आफ्ना मन्तव्य राख्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य र सुखद शिक्षण यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।