२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

तुलसीपुर, १४ मंसिर ।  दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा तुलसीपुर–१९ निवासी ७० बर्षीया सरस्वती खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुर–१९ बिजौरीदेखी तुलसीपुरतर्फ आउदै गरेको रा २ प ५५९५ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी खत्रीलाई आज दिउँसो साढे २ बजेको समयमा बिजौरी बजारमै ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी खत्रीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक तुलसीपुर–७ राजापुर निवासी १९ बर्षीय सोहन धरिकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा पछाडी सवार चालककै श्रीमती २४ बर्षीया अस्मिता खत्री सामान्य घाइते भएको बताइएको छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।