दाङ, ११ मंसीर । रोल्पामा ट्रक दुर्घटना हुँदा एकजना घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा त्रिवेणी गाउँपालिका–७ निवासी ५४ वर्षका केशर बिक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी वीरेन्द्र बिकले जानकारी दिनुभयो ।
घाइते बिक ट्रकमा सवार रहेको प्रहरीले बताएको छ । नवलपरासीबाट सिमेन्ट लिएर गइरहेको रा १ क ३०५२ नम्बरको ट्रक रोल्पाको त्रिवेणी गाउँपालिका– २ भाङबारीमा दुर्घटना भएको थियो । ब्रेक फेल भएका कारण ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना दिउँसो सवा एक बजे भएको थियो ।
प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बिहिवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।