२०८३ भाद्र १३ गते शनिवार

दाङमा दुईवटा टिप्पर ठोक्किदा एकजना घाइते

दाङ, ११ मंसिर ।  दाङको बंगलाचुलीमा २ वटा टिप्पर आपसमा ठोक्किदा १ जना घाइते भएका छन् । घाइते हुनेमा प्युठानको माण्डवि गाउँपालिकाका विकास पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार चुनढुङ्गा लोड गरि थाराबाट घोराही तर्फ जादै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०२२८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउदै गरेको लु १ ख १९७९ नम्बरको खाली टिप्पर हिजो दिउँसो आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी लुम्बिनी प्रदेश ०२–००१ ख ०२२८ का चालक पुन घाइते भएको प्रहरीले जनाएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।