२०८३ जेष्ठ २५ गते सोमवार

तुलसीपुरको डिभाइन टेम्पल एकाडेमीमा डिभाइन डान्सिङ लिटल स्टार कार्यक्रम सम्पन्न

तुलसीपुर, ५ कात्तिक ।  दाङको तुलसीपुरमा रहेको डिभाइन टेम्पल एकाडेमीमा ‘डिभाइन डान्सिङ लिटल स्टार–२०८२’ कार्यक्रम सम्पन्न भएको छ । तुल्सीपुर–६ स्थित डिभाइन टेम्पल एकेडेमीको प्रांगनमा भएको कार्यक्रममा बालबालिकाहरुले विभिन्न सांस्कृतिक तथा कलात्मक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगितामा सहभागीहरूले आकर्षक पोशाक तथा सुन्दर शैलीका नृत्य प्रस्तुत गरेका थिए । आयोजक संस्थाका अनुसार बालबालिकाको लुकेका कला प्रतिभाको विकास, आत्मविश्वास अभिवृद्धि तथा सांस्कृतिक क्षेत्रमा सहभागिता बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा बोल्दै कलाकार मनोज लामीछानेले बालबालिकालाई नृत्य, प्रस्तुतीकरण, आत्मविश्वासलगाएतको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अथितिसमेत रहेका लामीछानेले आफ्नो अनुभव साझा गर्दै प्रतिभा निखार्न निरन्तर अभ्यास आवश्यक रहेको बताउनुभयो । बालबालिकाको क्षमता उजागर गर्न यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण हुने भन्दै उहाँले डिभाइन टेम्पलले यस्ता कार्यक्रमको आयोजना गरी सकारात्मक सन्देश दिएकोसमेत बताउनुभयो । साथै उहाँले जीवनमा मेहनत, सकारात्मक सोच र अनुशासीत भएर अगाडी बढ्दा लक्ष्यमा पुग्न सकिने बताउनुभयो । बालबालिकाबीच उत्साहजनक प्रतिस्पर्धा भएको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने पाँच जनाहरूले बिजेतासमेत गराइएको छ । डिभाइन टेम्पल फाउडेसनअन्र्तगत रहेका तिनवटा विद्यालयका बालिकाहरुलाई कार्यक्रममा समावेश गरिएको थियो ।

प्रथम स्थान हासिल गर्नेमा डिभाइन टेम्पलमा युकेजीमा अध्यनरत स्वकृति आचार्य रहनुभएको छ । यसैगरी डिभाइन मन्टेश्वरी युकेजीकी श्रेया गुरुङ द्वितीय, डिभाइन पाठशालाकी अनुसा पुन त्रितिय, डिभाइन टेम्पलकी अनुस्का बोहरा चौथो र डिभाइन टेम्पलकै इसा बस्नेत पाचौ स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ । बालप्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूसहित शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रन्सिपल भोजराज न्युपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक पुर्ण केसी मुस्कानले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया