२०८३ भाद्र १३ गते शनिवार

दाङमा जुकाको औषधि खुवाउने क्रममा बालिकाको मृत्यु

दाङ, २२ कात्तिक । दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवामा निवासी शिवकुमार यादवकी छोरी जमुना यादवको रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो ।

स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले औषधि खुवाउने क्रममा बालिकाको घाँटीमा अड्किएपछि श्वासप्रश्वास रोकिँदा दुई मिनेटमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो । मृतक बालिकाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।