२०८३ बैशाख ११ गते शुक्रवार

लायन्स क्लवको आयोजनामा बक्तृत्वकला

घोराही, २१ कात्तिक । विश्वभर सञ्जाल रहेको लायन्स क्लवले गरिरहेको सामाजिक सेवाका बारेमा विद्यार्थीहरुले आफ्नो धारणा राखेका छन् । समाज सेवाको क्षेत्रमा विश्वव्यापी ख्याती कमाएको लायन्स क्लवले गरिरहेका कामका बारेमा धारणा राख्ने क्रममा विद्यार्थीहरुले रचनात्मक सुझावहरु पनि दिएका थिए ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एन अन्तरगतको एरिया नं. २ ले आयोजना गरेको कार्यक्रममा दाङका विभिन्न १३ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा मनकामना बोर्डिङ स्कुल घोराहीकी छात्रा सविना खातुन प्रथम, राज विद्या घोराहीका अर्णव चौवे दोस्रो र गोरखा लमहीकी छात्रा शिल्पा केसीले तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरु डिष्ट्रिक ३२५ एनले आयोजनागर्ने प्रतियोगितामा सहभागि हुनेछन् । यो प्रतियोगिता आगामी मंसिर १५ गते बाँकेमा हुँदैछ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले सामाजिक सेवाका लागि लायन्सले गरेको काम उत्कृष्ठ रहेको चर्चा गरेका थिए । बालवालिका, युवा, बृद्ध बृद्धा र महिलाको क्षेत्रमा लायन्सले खेलेको भूमिकाको चर्चा गर्दै विद्यार्थीहरुले अझै दुर दराजका गाउँ बस्तीमा पुगेर सेवा गर्न सुझाव दिएका थिए । विश्वभर लायन्स क्लवमा १४ लाख भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन् ।

एरिया नं. २ का चिफ मधुसूदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन डिष्ट्रिक सिनियर एक्जुकेटिभ चिफ लव नरसिंह अधिकारीले गर्नुभएको थियो । उक्त अवसरमा डिष्ट्रिक एक्जुकेटीभ चिफहरु धु्रव गौतम र डा. भिमसेन गिरी, युवराज थपलिया, जोन चियर पर्सन शरद अधिकारीले बोल्नुभएको थियो । एरिया सचिव अनिल बस्नेतले संचालन गर्नुभएको कार्यक्रममा ध्वजाको अभिवादन लायन्स क्लव राप्ती इञ्जिनियरिङका कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

प्रतियोगितामा सिद्धरत्न नाथ नारायणपुरबाट सन्तोष जैसी, मोडल एकेडेमी नारायणपुरबाट खुशी भण्डारी, गोर्खा घोराहीबाट आयुष देवकोटा, दिपशीखाबाट स्मृति सुवेदी, विद्यानिलकण्ठ घोराहीबाट विभुती बुढाथोकी, ज्ञानमाला एकेडेमीबाट श्रेया पुन, शारदा विद्यामन्दिर तुलसीपुरबाट पुजा केसी, जनज्योति विद्यामन्दिरबाट शक्तिम सुवेदी, गुरु जजुर माविबाट रुकमाया पाण्डे र गे्रटबुद्ध नारायणपुरबाट भुवन पौडेलको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया