२०८३ भाद्र १३ गते शनिवार

पश्चिम दाङमा अवैध ढुंगा उत्खनन् गर्ने ३ वटा ट्याक्टर नियन्त्रणमा

तुलसीपुर, २१ कात्तिक ।  पश्चिम दाङमा अवैध ढुंगा उत्खनन् गर्ने ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बबई गाउँपालिका –४ स्थित राजी खहरे खोलाबाट अवैध रुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा बुधबार तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुरले एउटा अन्टेष्ट ट्याक्टर र इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरले बबई गाउँपालिकामा प्रतिट्याक्टर १० हजार रुपियाँका दरले जरिवाना तिरेपछी उक्त ट्याक्टर सम्बन्धित व्यक्तीलाई बुझाइएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।