२०८२ कार्तिक २१ गते शुक्रवार

ज्ञान ज्योति फाउन्डेसनको एमबिएमा चम्कियो सफलता 

तुलसीपुर, कात्तिक १२ ।तुलसीपुरस्थित ज्ञान ज्योति फाउन्डेसनले आफ्नो  एमबिए कार्यक्रमको पहिलो ब्याचमै उल्लेखनीय सफलता हात पारेको छ । पहिलो वर्षमै विद्यार्थीहरूले ल्याएको उत्कृष्ट नतिजाले संस्थाको शैक्षिक प्रतिष्ठा झनै माथि उकासेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योतिकी छात्रा वर्षा केसीले ३.६७ जीपीए प्राप्त गर्दै अव्वल स्थान हासिल गरेकी छन् । सोसँगै अन्य विद्यार्थीहरूले पनि उत्कृष्ठ नतिजा ल्याउँदै विद्यालयको नाम उजिल्याएका छन् ।

विद्यालयका सिइओ सुरेन्द्र जिसीका अनुसार यो सफलता कुनै संयोग होइन, बरु विद्यालयको दूरदर्शी नेतृत्व, सबल व्यवस्थापन, दक्ष र अनुभवी शिक्षक–शिक्षिकाको निरन्तर परिश्रम र विद्यार्थीहरूको अनुशासन, लगनशीलता र प्रतिबद्धताको प्रतिफल हो । “हामी गुणस्तरीय शिक्षा र व्यावहारिक ज्ञान दुवैमा समान जोड दिन्छौं,” जिसीले भने, “त्यही कारणले ज्ञान ज्योति आज प्रदेश र पश्चिम नेपालमा शैक्षिक उत्कृष्टताको पर्याय बनेको छ ।”

एमबिएसँगै विद्यालयले बिबिए, बिसिए, बिएस्सी–सीएसआईटी, बिबिएस, बिएस्सी र बिए कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । निरन्तर उत्कृष्ट नतिजा, व्यवस्थापनमा पारदर्शिता र शिक्षणमा नवीनता अपनाउने नीति भएकै कारण ज्ञान ज्योति फाउन्डेसन पश्चिम नेपालको उत्कृष्ट शिक्षण संस्थामध्ये एकका रूपमा स्थापित भएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया