दाङ, २ कार्तिक । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत केन्द्रिय आयुर्वेद विद्या पिठ क्याम्पसका पूर्व विद्यार्थी डा. केशव न्यौपानेलाई ‘जीवक अवार्ड’ प्रदान गरिएको छ । आयुर्वेद चिकित्सा तथा शल्यकला स्नातकको अन्तिम वर्षको परीक्षामा प्रथम स्थान हासिल गरेबापत हिमालय वेलनेस कम्पनीबाट प्रदान गरिने प्रतिष्ठित ‘जीवक अवार्ड’ डा. न्यौपानेलाई प्रदान गरिएको हो ।
आयुर्वेद शिक्षामा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । आयुर्वेद चिकित्सा क्षेत्रमा अझ अध्ययन र अनुसन्धानमार्फत समाज र देशको सेवामा योगदान पु¥याउने प्रतिबद्धता जनाउँदै डा. न्यौपानेले यो उपलब्धिलाई आफ्नो आगामी यात्राको प्रेरणा भएको बताउनु भएको छ । भाइले बुवाको सपना साकार पार्दै परिवार र दाङ दुवैको नाम उज्यालो बनाएको बताउँदै दिदी लक्ष्मी न्यौपानेले खुशी व्यक्त गर्नुभयो ।


