२०८३ कार्तिक ८ गते शनिवार

संस्कार पाठशालालाई ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’

दाङ, असोज ३० । तुलसीपुरस्थित संस्कार पाठशाला दाङ ले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ । उक्त विद्यालयले नेपाल युके एजुकेसन अवार्ड–२०२५मा  ग्रिनविच युनिभर्सिटी (यूके) र कलेज रिडर्स नेपालको संयुक्त आयोजनामा यही असोज २९ गते युकेमा सम्पन्न समारोहमा यो अवार्ड प्रदान गरिएको थियो । विद्यालयको निरन्तर शैक्षिक प्रगति, उत्कृष्ट नतिजा, समृद्ध भौतिक पूर्वाधार, अतिरिक्त गतिविधिमा सहभागिता तथा सामाजिक उत्तरदायित्वमा गरेको योगदानका कारण संस्कार पाठशालालाई यो प्रतिष्ठित अवार्डका लागि छनोट गरिएको आयोजकहरूले जनाएका छन् । अवार्ड कार्यक्रमका क्रममा संस्कार पाठशालाका प्रबन्ध निर्देशक दीप बस्नेतले विद्यालयको तर्फबाट अवार्ड ग्रहण गर्नुभएको थियो । संस्कार पाठशालाले विगतदेखि नै गुणस्तरीय शिक्षा र नवीन शैक्षिक अभ्यासका माध्यमबाट स्थानीय स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । ‍

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।