२०८२ असोज २५ गते शनिवार

ओली र प्रचण्डका सुरक्षाकर्मी फिर्ता

काठमाडौं, २३ असोज ।  सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षाकर्मी संख्यामा कटौती गरेको छ।गृहमन्त्रीस्तरीय निर्णयअनुसार, मापदण्डभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको ठहर गर्दै उनीहरूका केही सुरक्षाकर्मी फिर्ता गरिएको हो।

स्रोतका अनुसार, ओलीको पक्षमा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा रहेका ३४ जना सुरक्षाकर्मी हटाइने निर्णय गरिएको छ। सरकारले हालका लागि पूर्वप्रधानमन्त्रीहरूलाई आवश्यक मापदण्डभित्रको सुरक्षा व्यवस्था कायम रहने जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया