काठमाडौँ, ११ असोज । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ उत्तीर्ण भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन् ।
साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको परीक्षामा गत वैशाखमा दुई विषयसम्म ‘नन ग्रेड’ पाएका वा अनुपस्थित विद्यार्थीलाई सहभागी गराइएको थियो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।