२०८३ जेष्ठ २७ गते बुधवार

असहयोग भोगेका महावीर पुन शिक्षामन्त्री

काठमाडौं, ७ असोज । पटक–पटक सरकारले सहयोगको आश्वासन दिए पनि असहयोग भोगेका वैज्ञानिक महावीर पुन अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । सोमबार पदबहालीपछि पुनले आफूलाई ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गर्दै पाँच महिनामा गर्न सकिने ठोस कामका सुझाव दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

मन्त्री बन्नुअघि पुन आत्मकथा  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’  बिक्री गरेर वीरगन्जको कृषि औजार कारखाना सञ्चालनका लागि रकम जुटाइरहेका थिए । उनले सरकारी क्वाटर नलिने, मन्त्रालयमै बस्ने, आफैं खाना पकाएर खाने घोषणा गरेका छन् । सरकारी गाडी औपचारिक कामका लागि मात्र प्रयोग गर्ने उनले बताए । राष्ट्रिय आविष्कार केन्द्रमार्फत पुनले यसअघि जनसहयोगमा विभिन्न अनुसन्धान, आविष्कार र कोरोना महामारीका बेला सरकारले ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग गरेका थिए ।

सरकारबाट असहयोग भोगेका पुन अहिले त्यही सरकारभित्र बसेर शिक्षा, विज्ञान र प्रविधिको सुधारमा लाग्ने जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया