२०८३ असार ३० गते मङ्गलवार

खण्डहर भएको तुलसीपुर उपमहानगरलाई गोरखाको सहयोग

तुलसीपुर, ५ असोज । जेनजी आन्दोलनबाट खण्डहरमा परिनत भएको तुलसीपुर उपमहानगरपालिकालाई गोरखा सेकेन्डरी स्कुल तुलसीपुर दाङले विभिन्न सामग्री सहयोग गरेको छ । पालिकाको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुलले स्टिल दराज, कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।

गोरखा ग्रुपका एकेडिमक डाइरेक्टर दुर्गा केसीले उक्त सामग्री लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, मेयर टिकाराम खडका र दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई संयुक्त रुपमा हस्तान्तर गर्नु भएको हो । सोअवसरमा मेयर खडकाले  विभिन्न संघ संस्थाबाट प्राप्त भएका सामग्रीहरुलाई आफुले नराख्ने भन्दै आवश्यकता अनुसार आन्तरिक राजश्व कार्यालय, उच्च अदालत तुलसीपुर, मालपोत कार्यालयलाई हस्तान्तरण गरिने बताउनुभयो ।

सोअवसरमा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सरकारी कार्यालयबाट लुटिएका आगजी गरिएका सरकारी कार्यालयलाई सहयोग गर्दा एकद्धार प्रणालीबाट गर्नुपर्ने भन्दै त्यसका लागि तुलसीपुरमा मेयर टिकाराम खडकाले त्यसको नेतृत्व गर्ने बताउनुभयो । स्कुलका प्रचार्य विजयमान जिएमले विद्यालयको सामान्य हसयोग भएपनि यसले आवश्यक ठाउँमा महत्वपूर्ण काम गर्ने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया