२०८३ भाद्र २३ गते मङ्गलवार

वातावरण प्रदुषणले प्राकृतिक सौन्दर्य मासिदै

तुलसीपुर,२ असोज। नेपालको संविधान २०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूतीको व्यवस्था गरिएको छ । यस्तै नेपालको अन्तरिम संविधान २०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन २०६८ पारित गरेको छ भने २०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ । तर, अहिलेको अवस्थामा पाइलैपिच्छे वातावरण प्रदुषण भइरहेको पाइन्छ । मानवीय क्रियाकलाप होस् या त सवारी साधनबाट उत्पत्न हुने धुँवा, धुलो, ध्वनि नै किन नहोस् । यी सबैले आ आफ्नो पक्षबाट मानव स्वास्थ्य र वातावरण दुवैलाई कहीँ कतैबाट प्रत्यक्ष, अप्रत्यक्ष तथा देखिने वा नदेखिने गरी हानी पु¥याइरहेको हुन्छ । विकासको नाममा हुने जग्गा प्लटिङ, बाटोघाटोको निर्माण, विस्तार लगायत थुप्रै गतिविधिहरुले वातावरणमा ह्रास आउने गर्दछ । यस्ता कारणले वातावरण प्रदूषणका साथै मानव स्वास्थ्य मात्र नभएर प्राकृतिक सामाजिक, आर्थिक, सांस्कृतिक लगायत क्षेत्रमा समेत गम्भीर असर परेको छ । वातावरण प्रदुषणकै कारणले दाङमा रहेको विभिन्न प्राकेतिक रुपमा रहेको सिमसार क्षेत्रहरुसमेत लोप हुन थालिसकेका छन् । तुलसीपुर ११ को नवलपुर, मोतीपुर, सुकौरा, १४ को ड्वाङपुर लगायतका स्थानमा रहेका प्राकृतिक सिमसार अहिले लोप जस्तै भएको तुलसीपुर ५ का ललित बहादुर वलीले बताउनु भयो । यस्ता प्राकृतिक मनोरम दृश्यहरु मासिदै जानु र यसको संरक्षणमा कसेको चासो नहुनु दुखद भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुहुन्छ । तुलसीपुर उपमहानगरपालिकाको वनवातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख रमा खड्काले भने पछिल्लो समय वातावरण संरक्षणका लागि विभिन्न पहलहरु भइरहेको बताउनु भयो । वातावरणको क्षेत्रमा क्रमिक रुपमा सुभार हुँदै गएको उहाँले बताउनु भयो । सरकारी स्तरबाट वातावरण संरक्षण गर्नका लागि वन कार्यालयहरु, रुख काट्नका लागि अनुमती लिनुपर्ने देखि लिएर दिगो वन व्यवस्थापन , सामुदायिक वन महासंघ लगायत अधिकारमुखी संघसंस्थाहरु रहेकोले वातावरणको क्षेत्रमा राम्रा राम्रा कामहरु भइरहेकाले संरक्षणमा सहयोग पुगिरहेको उहाँको भनाइ छ । यस्तै विद्यालयको पाठ्यक्रममा समेत वातावरण संरक्षण सम्बन्धि विषयबस्तु समेटिएकाले पनि संरक्षणमा जोड दिइरहेको उहाँको दावी छ । जैविक विविधतामा ह्रास आउनु, कृषि प्रणाली, बालीनालीमा आउने असन्तुलन, रोगव्याधीको उत्पत्ती, बाढी, पहिरो, डुवान जस्ता विपतजन्य घटना प्राकृतिक प्रकोप तथा वातावणीय प्रभाव र असरका कारणले हुने गर्दछन् । यस्ता घटना घट्नै नदिन पूर्व तयारी तथा पूर्व सावधानी अपनाउनु पर्ने र यदि घटिहालेमा कसरी बच्ने भन्ने बारेमा सचेत गराउन आवश्यक हुन्छ । यस्ता गविविधिमा भने आम नागरिक, सरोवाला निकाय, सरकारी संघसंस्था, सबै जिम्मेवार रहनु पर्ने वातावरण विद् भोवराज न्यापाले बताउनु हुन्छ । यसैगरी जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुन बनेका छन् । ती कानुनलाई सबैले व्यवहारिक रुपमा कार्यान्वयन गर्नु पर्ने हुन्छ भने प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले पनि कडाइका साथ कार्यान्वयन गर्न आवश्यक पनि रहेको छ ।।
प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।