
काठमाडौं, २७ भदौ। जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय छन् भने प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरू ६ जना पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश दिलाउने तयारीमा छन्।
स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो पुस्ताका नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईलाई संयुक्त वक्तव्यमार्फत् अवकाशमा पठाउने योजना अघि बढाइरहेका छन्। झलनाथ खनाल र बाबुराम भट्टराई यस प्रस्तावमा सकारात्मक रहेको जानकारी छ।
राष्ट्रपति पौडेलले मुलुकको पछिल्लो अवस्था र अब चाल्नुपर्ने कदमबारे संविधानविद् र राजनीतिक दलसँग छलफल गर्दै सुरक्षित राजनीतिक अवतरण सुनिश्चित गर्ने प्रयास गरिरहेका छन्।
प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार