बहुमत पार्टी निकट विद्यार्थी सङ्गठनले वितरण गर्यो शैक्षिक सामग्री 

तुलसीपुर, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले २ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थी एकता दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो । 

दाङको तुलसीपुर उपमहानगरपालिका – ५ सुन्दरनगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा अध्ययनरत करिब २ सय जना विद्यार्थीलाई कापी वितरण गरेको प्रअ मेघराज घिमिरेले जानकारी दिनुभयो ।  विद्यार्थी संगठनका अध्यक्ष नरेन्द्रको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सङ्गठन विभाग प्रमुख सजगको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।  कक्षा १  देखि  ८ सम्मका  विद्यार्थीलाई कापी वितरण गरिएको थियो । 

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया