२०८३ साउन १२ गते मङ्गलवार

केपी ओलीले भने : अलपत्र योजना निर्माणमा सरकारको प्राथमिकता

झापा,३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोकिएका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभएको छ । आज झापाको गौरादहमा नगर अस्पतालको शिलान्यास गर्दै उहाँले रोकिएका सडक योजना तथा पूवाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तिब्र पारिने उहाँले बताउनुभयो ।

‘अब अहिले बजेट बनाउने बेला भएको छ, अर्थतन्त्र बिग्रेको अवस्थामा थियो, उहाँले भन्नुभयो,– बल्ल हामीले बिगारेको अर्थतन्त्र सहि दिसामा ल्याएका छौ, नयाँ काम र ठूला योजना ल्याउन अवस्था छैन । प्रधानमन्त्री ओलीले एक दुई वर्ष पुराना नै योजना सम्पन्न गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओली कृषिको आधुनिकिकरण र व्यवसायीकरणमा सरकारले काम गरिररहेको बताउनुभयो । सहकारी मार्फत कृषिको अनुदान र युवाहरूलाई स्टाटअप कर्जाका लागि आवेदन दिन सकिने उहाँले बताउनुभयो । सोहि अवसरमा अस्पताल निर्माणमा जग्गादान गर्ने परिवारलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया