माघ २३ , दाङ । नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक पार्टी कार्यालय घोराहीमा सम्पन्न भएको छ। बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा वलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढि जनसहभागिता गराउने सङ्कल्प गरेको छ । बैठकले घोराहीमा हुने विशाल जनसभा ब्यबस्थित बनाउन जिल्ला अध्यक्ष शिव कुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । त्यस्तै जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको संयोजकत्वमा जनपरिचालन उपसमिति , जिल्ला सचिव श्याम डाँगीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति , सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, प्रचार विभाग प्रमुख संगित बस्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् केन्द्रिय पोलिट्ब्युरो सदस्य नरु जनसभामा दाङका १० वटै पालीका र १०० वटै वडा कमिटी , तथा अनेमसंघ , अखिल नेपाल किसान महासंघ, अनेरास्ववियु, राष्टिय अपाङ्ग महासंघ, लोकतान्त्रीक मगर संघ , लोकतान्त्रीक थारु संघ, नेपाल जातिय मुक्ति समाज , नेपाल राष्टिय व्यवसायी महासंघ , नेपाल राष्टिय खेलकुद महासंघ , बुद्धिजीवी, परिसद् , भुमि तथा सुकुम्बासी महासंघ , पेशागत महासंघ ,प्रेस चौतारी , प्रगतिशील ,मानव अधिकार एलायन्स ,नेपाल मुस्लिम ईतिहाद संगठन ,राष्टिय स्वास्थ्यकर्मि महासंघ ,नेपाल पिछडाबर्ग ,राष्टिय शिक्षक संगठन लगाएतका सम्पूर्ण जनवर्गीय सङ्गठनहरू सवै आ– आफ्नो पेशागत झाँकी जुलुस र पोसाक सहित र्र्यालीमा सहभागीता जनाउन निर्देशन समेत दिएको छ ।जिल्ला अध्यक्ष शिव कुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले माघ २५ गते १० वटै पालिका कमिटीको बैठक बस्ने, २६ गते क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक बस्ने र २७ गते प्रदेश सभा समन्यव कमिटीको वैठक बसेर फागुन ५ गतेको जनसभालाई थप ब्यबस्थित र योजना बनाउने निर्णय समेत बैठकले गरेको छ ।
जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तब्य सँगै सुरु भएको वैठकमा दाङका १० वटै पालिका कमिटीका अध्यक्षहरुले रिपोर्टिङ गर्नुभएको छ । बैठकले भुमि समस्या समाधान आयोग दाङको अध्यक्षमा जिल्ला कमिटिका पुर्व अध्यक्ष हुकुम बस्नेत मन्त्री परिषद बैठकबाट मनोनित हुनुभएकोमा बधाई ज्ञापन गरेको छ। त्यस्तै २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित घोराही उपमहानगरपालीका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो ।
बैठकमा प्रमुख अतिथि पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा वली दाङ आउने अबसरलाई उत्सवका रुपमा लिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाङ आएर सम्वोधन गर्ने कुराले यहाँको विकास र समृद्धिका ठुलो टेवा पुग्छ, यो कुरालाई महत्व दिएर आफ्नो जिम्मेवारी पुरा गर्नुस् ।उहाँले भन्नुभयो । दाङले विकासको लय पकडेको भन्दै घोराही उपमानगरपालीकाका प्रमुख समेत रहनभएका नेता चौधरीले अनावस्यक राजनिति गरेर विकासको लयलाई अवरोध नगर्न सम्बन्धित राजनैतिक दलहरुलाई अनुरोध समेत गर्नुभयो ।
बैठकमा जिल्ला अध्यक्ष शिव कुमार आचार्यले अहिले सम्म सम्पादन भएका कामहरु र आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । तत्काललाई फागुन ५ र त्यसपछि मिसन ८४ लाई ध्यानमा राखेर काममा केन्द्रित हुन निर्देशन दिनुभयो ।वैठकमा केन्द्रिय सदस्यहरु जिवन गौतम, घनसयाम पाण्डे,भागवत विश्वाशी,कोमल वली, सिता सिग्देल, साजिदा सिद्धिकि , सहितका नेताहरुको उपस्थिति रहेको थियो। वैठकको सहजीकरण जिल्ला सचिव स्याम डागीले गर्नुभएको थियो ।

