एमाले क्षेत्र नम्बर ३ को बैठक  तुलसीपुरमा 

तुलसीपुर, २२ माघ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नम्बर ३ क को बैठक मंगलवार तुलसीपुरमा सम्पन्न भएको छ । क्षेत्रिय संयोजक बालकृष्ण राणा (धुव्र)को अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा बैठक बसेको हो । बैठकले केन्द्रिय कमिटीको निर्णय अनुसार जरा कार्यक्रम अभियान अन्तर्गत तुलसीपुर क्षेत्रका सबै टोल,गाउँ स्तरसम्म पुर्याउनका लागी व्यवस्थित रुपमा संचालन गरी अभियानलाई सफल बनाउने निर्णय गरेको छ ।

यस्तैगरि पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउँदो फागुन ५ गते दाङ आउने कार्यक्रम भएको र घोराहीमा हुने आमसभालाई सफल बनाउनका लागी तुलसीपुर क्षेत्रका प्रत्येक वडाबाट भव्य उपस्थितिका लागी जनपरिचालन तथा प्रचारप्रसारलाई व्यापक बनाउने, क्षेत्रिय कमिटीको सम्पर्क कार्यालय तुलसीपुर पाटी कार्यालयमा राख्ने र प्रत्येक वडा कमिटीलाई पनि सम्पर्क कार्यालय खोल्नका लागी निर्देशन दिने लगायतका निर्णयहरू बैठकले गरेको तुलसीपुर नगर कमिटीका सचिव जित बहादुर खड्काले जानकारी दिनुभयो ।

साथै बैठकमा वडा कमिटीका अध्यक्ष तथा इन्चार्जहरूले वडाको गतिविधि रिर्पोटिङ गर्नुभएको थियो भने नेकपा एमालेका नेता नवराज लामिछाने, निर्वाचन क्षेत्र नम्बर ३ का संयोजक मेघराज भुसाल र नगर कमिटीका अध्यक्ष रूप बहादुर खत्रीले निर्देशनात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष धर्मराज वली, १५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, कार्यपालिका सदस्यहरू लक्ष्मण विश्वकर्मा, बसन्ता केसी, यमुना परियार लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया