
दाङ, १९ माघ । दाङ तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय पिइए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजना गरिएको दाङ जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । दाङ जिल्लामा रहेका विभिन्न विद्यालयहरूमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूको सहभागितामा रहेका ५६ वटा टिमहरूलाई पछि पार्दै ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने छात्र दिपक कुमार राणा र लेजिङ डाँगीले प्रथम स्थान हासिल गरेका हुन ।
प्रथम स्थान हासिल गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयले नगद १० हजार सहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गरेको विज्ञान सङ्काय कक्षा ११ का कोर्डिनेटर जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । साथै गत महिना दाङ जिल्लामा कलेज रिडर्स काठमाडौँले सञ्चालन गरेको जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगितामा ज्ञानज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो । ज्ञान ज्योति माध्यमिक विद्यालय दाङ जिल्लाकै उच्च व्यवस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।