२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरमा हुने अन्तर वडा कप रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र

तुलसीपुर, १७ माघ । दाङको तुलसीपुरमा हुन लागेको प्रथम अन्तर वडा कप रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र बनाइएको छ । दाङ जिल्लामै सर्वाधिक राशी सहित हुन थालेको तुलसीपुर–५ स्थित अरनिको मैदानमा यही माघ १९ गतेदेखी २६ गतेसम्म प्रथम अन्तर वडा कप रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी तीव्र बनाइएको वडा नंबर ६ का अध्यक्ष दुजमान भण्डारी वर्षातले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लब, तुलसीपुरको सहकार्यमा हुने प्रतियोगितामा तुलसीपुरका १९ वटा वडामध्ये १,२ र १३ नंबर बाहेकका १६ वटा वडाका खेलाडीहरुले नाम दर्ता गराइसकेको उहाँले जानकारी दिनुभयो ।

तुलसीपुर–६ का वडाअध्यक्ष तथा प्रतियोगिता मुल व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी (बर्षात) ले दाङ उपत्यकामा बसोबास गर्ने युवा शक्तिलाई फुटवल खेलको माध्यमबाट एकसुत्रमा गोलबद्ध गरी यस क्षेत्रको फुटबल खेललाई अझै द्रुत गतिमा विकास गराउनका लागी प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभातिगा जनाउने खेलाडीहरुलाई जर्सी समेत वितरण गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, चादीको कप, मेडल र प्रमाणपत्र राखिएको छ भने द्धितिय पुरस्कार १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको उहाँले बताउनुभयो । यसैगरी अन्य विभिन्न बिधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको छ ।

यता खेल हुने स्थान अरनिको मैदान पनि डोजर लगाएर, पानी हालेर व्यवस्थित गर्ने कामलाई तिव्र पारिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया