
तुलसीपुर,११ माघ । दाङको तुलसीपुरमा अध्ययनरत गरिव, विपन्न तथा असाहय १२५ बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शिक्षा, स्वास्थ्य तथा वातावरण क्षेत्रमा काम गर्दै आईरहेको छाया नेपाल र दिदी घर संस्था तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको संयुक्त आयोजनामा आज तुलसीपुर ११ कटाहामा रहेको श्री आधारभुत विद्यालय कटाहा र तुलसीपुर १३ मा रहेको माया सदन वाल गृहमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
तुलसीपुर ११ कटाहामा रहेको श्री आधारभुत विद्यालय कटाहामा अध्ययनरत १०० बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जहाँ अति विपन्न तथा गरिव वालवालिकाहरु अध्ययन गरिरहेको भन्दै यस्ता गरिव तथा असाहय वालवालिकारुका लागी सबैको सहयो आवश्यक रहेको विद्यालयका प्रधानाअध्यापक टंक बहादुर भण्डारीले बताउनुभयो ।
यस्तै तुलसीपुर १३ मा रहेको माया सदन वाल गृहमा रहेका र हाल अम्बेश्वरी मा.वि.मा अध्ययनरत २३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । माया सदन वाल गृहमा हुम्ला, जुम्ला, बाजुरा, डोल्पा, अछाम लगाएतका गरी ७ जना सुस्त मनिस्थितिका वालवालिका सहित ३५ जना भन्दा बढी असाहय वालवालिकाहरुले आश्रय लिईरहेको संस्थाका संचालक जर्जी भि.जे.ले बताउनुभयो ।