२०८३ भाद्र २६ गते शुक्रवार

यातायात व्यवस्था कार्यालय तुलसीपुरको पर्खाल स्थानान्तरण गरिदै

तुलसीपुर, २ कात्तिक । यातायात व्यवस्था कार्यालय तुलसीपुरको पर्खाल स्थानान्तरण गरिदै छ । बाटो साँघुरो भएका कारण दुर्घटनाको जोखिम रहेकाले तुलसीपुर ६ गाइडहरमा रहेको कार्यालउको पर्खालको केही भाग स्थानान्तरण गर्न लागिएको हो ।  यातायात कार्यालयको छेउमा रहेको बाटो साँघुरो र बाङ्गो टिङगो पर्खालका कारण दुर्घटनाको जोखिम बढी भएको हुनाले भत्काउनु परेको तुलसीपुर उपमहानगरपालिका वडा नंवर ६ का वडाध्यक्ष दुजमान भण्डारी (बर्षात) ले जानकारी दिनुभयो ।
भत्काइएको पर्खाल अव डेढ मिटर पर सारिने उहाँको भनाइ छ । ५ मिटर लम्बाइ र साढे २ मिटर चौडाइ पर्खाल विहिबार बिहान भत्काइएको थियो । विहिबार भत्काइएको  पर्खाल शुक्रबारदेखि नै निर्माणको काम सुरु गरिने भण्डारीले बताउनु भएको थियो तर नापजाँज नगरेर निर्माण सुरु नहुने यातायात व्यवस्था कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका प्रमुख विनोद पौडेलले पर्खाल स्नान्तरण गर्ने विषयमा वडा कार्यालयसँग मौखिक सहमती भएको तर लिखित सहमती नभएको बताउनु भयो । लिखित सहमती नभएकाले र यो सरकारी जग्गा भएकाले अव सामाजिक  डिभिजन कार्यालयसँग जग्गाको लालपूर्जा मागेर नापी बोलाएर नापजाँच गरेर पर्खाल निर्माण हुने बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारको झन्डै एक करोड बजेटबाट तुलसीपुर – ६ को गौरवको सडक आयोजना अन्तर्गत तुलसीपुरको तरकारी मण्डीदेखि गाइडहर हुँदै बनकट्टा जोड्ने (मदन आश्रित) सडक निर्माणको क्रममा छ। नक्सा अनुसार सडक ८ मिटर चौडाइको निर्माण गर्नपनि सडक भत्काउनु परेको वडाअध्यक्ष भण्डारीले बताउनु भयो । त्यसका लागि बिभिन्न ब्यक्तिका ८० मिटर पर्खाल भत्काउनु पर्ने अवस्था रहेको उहाँले भण्डारीले जानकारी दिनुभयो । केही संरचना भत्काएर बाटो फराकिलो बनाउँदा सबैलाई नै सहज हुने उहाँको भनाइ छ ।तुलसीपुर – ६ स्थित साबिक सीप बिकास कार्यालयको भवनमा हाल यातायात ब्यबस्था कार्यालय बस्दै आएको छ ।।
प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।