तुलसीपुर, २२ असोज । दाङको तुलसीपु–७ मा रहेको दिव्य कुञ्ज एकेडेमीले सैद्धान्तिक ज्ञान संगसँगै अतिरिक्त ज्ञान र क्रियाकलापलाई विशेष जोड दिदै आएको छ । जसअनुसार विद्यालयले आज तुलसीपुर–७ मा रहेको पुरानो धार्मिक स्थल खैराबाङ भुवनेश्वरी भगवती मन्दिरलाई २ वटा फोहोर राख्ने भाडो हस्तान्तरण र मन्दिर परिसर सरसफाइ गरेको छ । आज एक कार्यक्रमकाबिच मन्दिर व्यवस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर बुढाथोकी तथा मन्दिरका मुख्य पुरोहित श्याम कुमार शर्माको उपस्थितिमा उक्त सामाग्री विद्यालयका कप्तान र उप–कप्तानको हातबाट हस्तान्तरण गरिएको हो । कक्षा ८,९ र १० का विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको रकमलाई सामाजिक कार्यमा लगाएका हुन् ।
विद्यालयले सामाजिक काममा सकृयता देखाएकोप्रती मन्दीर व्यवस्थापन समितीका अध्यक्ष बुढाथोकीले धन्यवाद व्यक्र गर्नुभएको छ । यस्तै विद्यार्थीलाई आफ्नो वरिपरिको सामाजिक परिवेशको जानकारी हुनुपर्ने, धार्मिक सम्पदाको महत्त्व बुझाउने र संरक्षणमा विद्यार्थीले पनि केही सकारात्मक एवम् रचनात्मक काम गर्न सक्नुपर्ने विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले बताउनुभयो । सोहीअनुसार विद्यालयले यस्ता कार्यलाई विशेष जोड दिदै आएको उहाँले बताउनुभयो । उक्त कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गर्नुभएको थियो ।।