दाङ, १३ असोज । नेपाल राष्ट्रिय शिक्षक सगठन दाङको अध्यक्षमा मीनराज शर्मा निर्वाचित हुनु भएको छ । मावि रझेना घोराहीमा शनिवार भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामा रावतलाई भारी मतान्तरले पछिपार्दै विजयी हुनु भएको हो । शर्माले ३ सय ९२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी श्यामा रावतले ६५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी महिला उपाध्यक्षमा सुष्मा भण्डारी विजयी हुनु भएको छ । भण्डारीले ३ सय २० र उहाँका प्रतिस्पर्धी लक्ष्मीय पन्थीले ६९ मत प्राप्त गर्नुभयो भने सचिवमा धनीराम केसी विजयी हुनु भएको छ । उहाँले ३ सय ३१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी विजय अधिकारीले ५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्याम आचार्यले जानकारी दिनुभयो ।
असोज ३ गते सम्पन्न संगठनको चौधौं जिल्ला सम्मेलन अन्य पदाधिकारी तथा सदस्यहरु यसअघि नै सहमतिमा निर्वाचित गरिसकेको थियो भने अध्यक्ष, महिला उपाध्यक्ष र सचिवमा सहमति हुन नसकेपछि शनिवार मतदान भएको थियो । कुल ४ सय ३६ मतदातामध्ये ३ सय ९२ मत खसेको थियो ।