खिल छैंठौंको केन्द्रीय अध्यक्षमा प्युठानका सुवास निर्वाचित

अदाङ, १३ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौं) को केन्द्रीय अध्यक्षमा प्यूठानका सुवास जिसी निर्वाचित हुनु भएको छ । शनिवार घोराहीमा सम्पन्न संगठनको २३ औं सम्मेलनले जिसीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल (मोरङ), उपाध्यक्षमा विवेक जिसी (त्रिभुवन विश्वविद्यालय) महासचिवमा पुरण पोख्रेल (अर्घाखाँची), सचिवमा जीवन नेपाली (अर्घाखाँची), गणेश सापकोटा (वाग्लुङ) र कोषाध्यक्षमा समष्टि वुढा (रुकुम पुर्व) निर्वाचित हुनु भएको हो ।

यसैगरी केन्द्रीय सदस्यहरुमा कुलचन्द्र शर्मा (रुपन्देही), केशव वुढाथोकी (प्युठान), सरिता पुन (रोल्पा), सन्ध्या भट्टराई (वारा), विमल खरेल (वाग्लुङ), महेश शर्मा (सुर्खेत), पुजा वेलवासे (काठमाडौ), प्रकाश चुँधाली (अर्घाखाँची), कृष्ण वाग्ले (चितवन), सेवक भट्टराई (दाङ), लक्ष्मण पुन (प्युठान), दिनेश रैदास (दाङ), मदन भुसाल (काठमाडौ), सृजना सुवेदी (रामेछाप), माधव विक (रुपन्देही), टिना अदै (कपिलवस्तु), अंशु ठडराई (पाल्पा), कर्ण नेपाली (वाग्लुङ), रेखा पौडेल (वाग्लुङ) र दिनेश खड्का (कैलाली) निर्वाचित हुनु भएको छ ।

यस्तै वैकल्पिक सदस्यहरुमा अमिर वास्कोटा (झापा), पृथ्वी रोका (काठमाडौ ), हिमाल शाही (कैलाली), सविना परियार (प्युठान), निशा गौतम (नवलपरासी), सचिन ढकाल (गुल्मी), वर्षा पोख्रेल (नवलपुर) र भावना दर्लामी (वाग्लुङ) निर्वाचित हुनु भएको छ । यसैगरी सल्लाहकार देवेन्द्र कुवर (अर्घाखाँची), गणेश अधिकारी (कास्की), नवीन पाण्डे (सुनसरी) र सरोजमान सिंह (रुपन्देही) हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया