‘रातैभरि निद्रा छैन् आँखा झिमी झिमी’ बोलको गीतले यसरी ततायो ज्ञान ज्योतिको माहोल 

तुलसीपुर, ३ असोज । कुनै कार्यक्रमलाई रोचक र आकर्षक बनाउने प्रमुख हात कार्यक्रम उद्घोषकको हुन्छ  । जहाँ कार्यक्रममा सहभागीलाई हेरौँहेरौँबसुँबसुँ भइरहोस् । कार्यक्रम स्थलमा रहँदासम्म बाहिरको सबै कुरा भुलोस् । अनिमात्रै उसले कार्यक्रमबाट भरपुर मनोरञ्जन लिनसक्छ । कार्यक्रमलाई कलात्मक र मनोरञ्जयुक्त गराउनका लागि उद्घोषकले कार्यक्रम कसरी पस्किन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । कार्यक्रमलाई अत्यन्तै सुन्दर ढङ्गबाट प्रस्तुतीकरण गरेर सबैको ध्यान केन्द्रित गरिरहेका एउटा वाद शाह थिए उद्‍घोषक सन्तोष केसी ।

यस्तै कार्यक्रमको गहिरो ज्ञान र धेरै अनुभव सङ्गालेका उद्‌घोषक केसीको हातमा थियो ज्ञान ज्योति कलेजका कक्षा १२ का विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रमको बागडोर । जसले कार्यक्रमलाई बढो सुन्दर ढङ्गले एकपछि अर्को गर्दै पस्किदै गइरहेका थिए । जहाँ दर्जनौँ विभिन्न जातजाति, भेषभुषा झल्किने नृत्यहरू प्रस्तुत भइरहेका थिए । बिच बिचमा उद्‌घोषक द्धोय सन्तोष केसी र सोमराज बस्नेतले गायक अर्जुन सापकोटाको नाम उच्चारण गर्दा त्यसले  जिब्रोमा ट्वाक्क लगाउने चटनी जस्ता काम गथ्र्यो । अझ भनौ सहभागीको धैर्यतालाई टुट्नबाट जोगाउन बल गरिरहेको थियो ।

समय वित्दै गयो विद्यालयका तर्फबाट पूर्व घोषित सबै कार्यक्रम सकिदै गए अनि पालो आयो कार्यक्रमका प्रमुख आकर्षक गायक अर्जुन सापकोटाको । मञ्चबाट अर्जुन सापकोटाको नाम उच्चारण हुने बित्तिकै सापकोटा दर्शक दिर्घाबाट दौड्दै प्रस्तुतीका लागि मञ्च तर्फ गए । यता व्यग्र प्रतिक्षामा सयौँको सङ्ख्यामा रहेका युवायुवतीको हुटिङले माहोल एकाएक तात्तिन थाल्यो ।  मञ्चबाट आफ्नो प्रस्तुती सुरु गरेका गायक सापकोटाले ‘रातैभरि निद्रा छैन् आँखा झिमी झिमी, यसो आँखा जोड्यो भने सपनीमा तिमी…..’ बोलको गीत गाउँदै युवायुवतीको माझमा पुगे । सापकोटाको एकपछि अर्को आउने गीतले लोभिएका युवायुवतीले नाच्दै गाउँदै अनि फोटो र भिडियो खिच्न समेत भ्याए ।

 

भेट्न आए दौडेर स्याँइ स्याँइ, आखिरीमा भएन क्यैन क्यै, तिम्रो याद आयोर बेसी झरेको बोलका चर्चित गीतहरू गाउँदा स्कुले जीवनको चढ्दो उमेर र जवानीले ढकमक्क भएका युवायुतीले भरपुर मनोरञ्ज लिएका थिए । यो त उदाहरण मात्रै हो । ज्ञानज्योति कलेजले समय र युग सुहाँउदो यस्ता कार्यक्रम पस्केर विद्यार्थीको मन जित्न सफल मात्रै भएको छ्रैन शिक्षा क्षेत्रमा गरेको अतुलनिय योगदान र कर्मले उसलाई चर्चाको शिखरमा समेत पु¥याएको छ । जसका कारण शिक्षा क्षेत्रमा द्रुत गतिमा फड्को मारेको ज्ञान ज्योति कलेजमा हिजो आज विद्यार्थीको भिड थामी नसक्नु छ ।

विभिन्न समयमा सांगितिक कार्यक्रम, मोटीभेटर क्लास संचालन, प्राज्ञिक व्यक्तीहरुसंगको संयुक्त छलफल, बाहिरी ज्ञानका लागि अवलोकन भ्रमण जस्ता अतिरिक्त कृयाकलापमा ज्ञानज्योति अग्रपंक्तीमा छ । विद्यार्थी र अभिभावको विश्वास, अपार माया,  पढाइमा  विद्यार्थीको अभिरुचि र शिक्षकको मेहनत, लगनशिलताले यो स्थानमा आइपुगेको ज्ञान ज्योति फाउण्डेसनका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो ।  

 

 

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया