काठमाण्डौं, २० श्रावन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेश गर्नुभएको छ । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेस र नेकपा एमालेका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गर्नुभएको हो ।
अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिनुभएको थियो । केन्द्रमा भएको नयाँ सत्ता समीकरण र सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउँने भएको छ । प्रदेश प्रमुखले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ ।।
प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार