घनश्याम पाण्डेलाई दाङ देखि अमेरिकासम्मको जिम्मेवारी

दाङ, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका केन्द्रिय सदस्य घनश्याम पाण्डेलाई दाङ देखि अमेरिका सम्मको जिम्मेवारी दिएको छ । बिहीबार बसेको एमालेको सचिवालय वैठकले केन्द्रिय सदस्य पाण्डेलाई नेपालका लागि दाङ क्षेत्र नं. ३ (क) र विदेशका लागि ओएनएफ– युरोप अमेरिकाको इन्चार्ज तोकेको हो । पाण्डेले दाङ क्षेत्रमानं ३ (क) मा पार्टी तथा जनवर्गिय संगठन निर्माण, पार्टी सुदृडीकरण, जनताको समस्या पहचिचान र विकासका लागि पहलकदमी गर्नुपर्ने छ ।

त्यसैगरी राष्ट्रिय अन्तराष्ट्रि सम्बन्ध स्थापितका लागि यरोप र अ‍ेमरिकामा रहेका नेपाली तथा विदेशीलाई पार्टी सम्बन्धसंग जोड्ने, समृद्ध नेपालका लागि लगानीमैत्री वातावरण सृजना गर्न पाण्डेले पहल गर्नुहुने छ ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया